माधव समूहको निष्कर्ष : केपी ओलीलाई सुध्रिने मौका, नत्र नयाँ बाटोमा जाने

काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफ्नो गल्ती स्वीकार गर्न अध्यक्ष केपी शर्मा ओलीलाई मौका दिने निष्कर्ष निकालेको छ। सरकारले २० प्रतिशतमा पार्टी विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याएपछि बसेको नेता नेपाल समूहको बैठकपछि सांसद विरोध खतिवडाले भने, 'केपी ओली पार्टी एकताको भन्दा विभाजनको पक्षमा लागिरहेका छन्। फेरि जालझेल गरेर २६० जना बनाएर निर्वाचन आयोगमा पठाएका छन्। त्यही बिषयमा पनि छलफल गरेका हौँ।' उनले आफूहरुसँग २० प्रतिशत मात्रै नभएर करिब ४० प्रतिशतभन्दा