माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फेरि अस्पताल भर्ना भएका छन् । दुई दिनअघि आफ्नो निर्वाचन क्षेत्र रोल्पा पुगेका पुनलाई पुरानै रोग जन्डिस बल्झिएपछि हेलिकप्टरबाट आकस्मिक उद्धार गरी काठमाडौं ल्याइएको हो । उनलाई सुमेरु अस्पताल ललितपुरमा भर्ना गरिएको छ ।