जातीय र धार्मिक सद्भाव खलबलिने गतिविधि नगर्न आग्रह

काठमाण्डाै – सरकारले जातीय र धार्मिक सद्भाव खलबलिने गतिविधि नगर्न आग्रह गरेको छ । देशका विभिन्न ठाउँमा पछिल्लो समय जातीय र धार्मिक सद्भाव खलबलिने घटना भइरहेको बेला मन्त्रिपरिषद्को आज मङ्गलवारको बैठकले जातीय र धार्मिक सद्भावमा खलल पुग्ने काम नगर्न/नगराउन आग्रह गरेको हो ।यस्तै सरकारले सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन सूचना नराख्न पनि सचेत गराएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।उहाँले भन्नुभयाे, ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्...