काठमाण्डाै - लिभरपुलले नवौँ पटक काराबाओ कप फुटबलको उपाधि जितेको छ ।
गएराति भएको फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गरेसँगै लिभरपुलले कीर्तिमानी जित निकालेको हो । चेल्सीलाई पेनाल्टी सुटआउटमा ११–१० गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो ।
निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको हो । पेनाल्टीमा चेल्सीका केपा एरिजाबालगा गोल गर्न चुकेपछि जित लिभरपुलको पक्षमा गएको हो ।
तस्बिर : द गार्जियन