अफगानिस्तानमा अमेरिकी पत्रकार हिजाबमा देखिइन् : भनिन्, ‘तालिबानीको व्यवहार मित्रवत्’

अफगानिस्तानमा सत्ता परिवर्तन भएलगत्तै मिडियाले पनि आफ्नो रङ्ग फेर्नुपरेको  छ । अमेरिकी मिडिया हाउस सीएनएनकी मुख्य अन्तरराष्ट्रिय रिपोर्टर क्लेरिसा वार्ड हिजाबमा देखिइन् । रिपोर्टिङका बेला क्लेरिसाले एकातिर तालिबानीले अमेरिकालाई नष्ट गर्नुपर्छ भन्ने नारा लगाइरहेका छन् भने अर्कोतर्फ उनीहरुको व्यवहार निकै मित्रवत् देखिएको बताएकी छिन् । उनी यसलाई पूर्ण रुपमा अचम्म ठान्छिन् । क्लेरिसाले बताइन् महिलाका लागि कति फेरियो अफगानिस्तानःक्लेरिसा सोमबार अफगानमा अमेरिकी दूतावासबाहिर रिपोर्टिङ गरिरहेक