‘कसैले ठूलो कुरा गर्यो भने महानगरपालिकाको मतगणनाको दिन सम्झाइ दिए पुग्छ । सुन्यो कि सेन्टिफल्याट ।’ २०७४ सालको स्थानीय निर्वाचनमा महानगरपालिकाहरुमा मतगणना जारी हुँदा सोसल मिडियामा मैले लेखेको यो स्टाटसको सान्दर्भिकता यतिबेला पनि उत्तिकै छ । अहिले वैशाख ३० मा स्थानीय तहको निर्वाचन सम्पन्न भयो । तर काठमाडौं महानगरपालिकामा दुइ सातामा मतगणना सकिदैछ ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा १ लाख ९७ हजार २ सय २७ मत खसेको थियो । त्यतिबेला मतगणना सम्पन्न गर्न १४ दिन लागेको