काठमाडौँ । कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतमलाई बर्खास्त गरिएको छ । कानुन विपरीत २०७६ सालदेखि प्रमुख प्रशासक गौतमलाई गत बिहीबारको मन्त्रिपरिषद् बैठकले पदच्युत गरेको हो । कर्मचारी सञ्चय कोषको प्रशासकका लागि कोषको सञ्चयकर्ता हुनुपर्ने भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले कानुन विपरीत गौतमलाई नियुक्त गरेका थिए । […]