अनुमति नलिइ गुणस्तर चिन्ह राख्ने सम्राट सिमेन्टलाई कारबाही
सम्राट सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर तथा नाप तौल विभागले कारबाही गर्ने भएको छ। सिमेन्टमा अनुमति नलिइ नेपाल गुणस्तर चिन्ह (एनएस) राखेको पाइएपछि विभागले कारबाही गर्ने भएको हो।
मारुती सिमेन्ट गुणस्तरहीन पाईएको छ । तोकिएको गुणस्तरविपरीत सिमेन्ट उत्पादन गरेर बिक्रि गरेको पाईएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टलाई कारबाही गरेको हो ।विभागले मारुती सिमेन्ट, सिराहालाई ओपीसी ४३ ग्रेडको सिमेन्ट बिक्री वितरणमा रोक नै लगाएको छ । यसअघि पनि गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै कारबाहीमा परेको मारुती सिमेन्टले विभागको निर्देशन नै अटेर गर्दै पुनः कारबाही भोग्न बाध्य भएको हो ।यसअघि मारुती सिमेन्टले आफूले नलिएको गुणस्तर चिन्ह (एनएस) लिएको भन्दै गलत विज्ञापन गरेको थियो । यस विषयमा उजुरी परेपछि कारबाही भोगेको मारुतीले फेरि अर्को बद्माशी गरेको विभागले जनाएको छ । विभागले कम्पनीबाट उत्पादित सिमेन्ट प्रयोगमै रोक लगाएको छ । विभागले मारुती सिमेन्ट कम्पनीबाट उत्पादित ४३ ग्रेडको ओपीसी सिमेन्ट प्रयोग नगर्न र बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन निर्देशन दिएको छ ।विभागले संकलन गरेको नमूना परीषण गर्दा कम्प्रेसिभ स्ट्रेन्ज्थ (एमपीए) ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै पाईएको थियो । नेपाल गुुणस्तर ५७२ बमोजिम नभएपछि विभागले सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो ।यसअघि २०७६ असारमा पनि नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै मारुती सिमेन्टलाई कारबाही गरेको थियो । त्यस समयमा अधिकतम ५ प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नाप जाँचका क्रममा तोकिएभन्दा बढी पाईएको थियो । ५ प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तरहीन मानिन्छ ।
२६ फागन, काठमाडौं । पाउँदै नपाएको गुणस्तर प्रमाण चिन्ह प्रयोग गरेको आरोपमा नाप तौल तथा गुणस्तर विभागले सम्राट सिमेन्ट उद्योगलाई कारबाही गरेको छ । उद्योगले उत्पादन गर्ने देव सम्राट पि्रमियम सिमेन्ट ओपीसी सिमेन्ट ५३ ग्रेडमा …