‘चीनले भारत–अमेरिका परमाणु सम्भौता तोड्न भारतका वाम दललाई प्रयोग गर्‍यो’

बीबीसी।भारतका पूर्वविदेश सचिव विजय गोखलेले भारत–अमेरिकाबीच परमाणु सम्झौता हुने बेलामा चीनले यसलाई रोक्न भारतका वाम दललाई आफ्नो साथमा लिएको खुलासा गरेका छन्।सन् २००७–२००८ को बीचमा चीनले यस्तो खेल खेलेको आरोप उनले आफ्नो नयाँ पुस्तक ‘द लङ्ग गेमः हाउ द चाइनिज नेगोसिएट विथ इण्डिया’ मा लगाएका हुन्।उक्त समयमा चीनले भारतका वामशक्तिसँग निकट सम्बन्ध बनाएर‘घरेलु विपक्षी तयार’ गरेको खोखलेले बताएका छन्।