कम्युनिष्टहरूले विश्वभरि र नेपालमा पनि दार्शनिक, वैचारिक र नैतिक पराजय स्वीकार गरिरहेका छन् । तर, उनीहरूको राजनीतिक र संगठनात्मक शक्ति भने अझै कायम छ । यही अन्तरविरोध र द्विविधा एक 'महान् द्विविधा' बनेको छ । यो द्विविधाले उनीहरूलाई मात्र छोएको, पिरोलेको भए केही थिएन, तर यसले देश र जनतालाई पनि पिरोलेको छ ।