एड्जोनको अध्यक्षमा सुनार, महासचिवमा खड्काथोकी निर्वाचित

काठमाडौं । क्रियाशील दलित पत्रकार संघ, नेपाल (एड्जोन)को अध्यक्षमा पवित्रा सुनार चयन भएकी छिन् । संघको पहिलो साधारण सभा तथा अधिवेशनले सुनारको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नागरिक दैनिकमा कार्यरत पत्रकार सुनार दोश्रो कार्यकालका लागि संघको अध्यक्ष भएकी हुन् । संघको उपाध्यक्षमा केशव भुल (नेपाल प्रेस) र केशर विश्वकर्मा (दर्पण दैनिक) चयन भएका निर्वाचन समितिका संयोजक बाबुराम विश्वकर्माले जानकारी दिए ।महासचिवमा भने विश्वास खड्काथोकी (अनलाइन खबर) निर्वाचित भएका छन् । अन्य पदमा