एसियाली राजमार्ग सञ्चालनमा ढिलाइ

सवारी एवं पैदलयात्रीको भीडले पुरानो मेची पुल थेगिनसक्नु छ । सिटी रिक्सादेखि यात्रुवाहक सवारीका कारण दुई लेनको जीर्ण पुलमा ट्राफिक जाम नभएको दिनै हुन्न । तर भारत सरकारको लागतमा हालै निर्माण सकिएको ६ लेनको ‘एसियन हाइवे’ र मितेरी पुल भने प्रायः सुनसान नै हुन्छ ।