सर्लाही जिल्ला निवासी तथा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज रहेका कुमार पौडेल मारिएको शनिवार दुई वर्ष पुगेको अवसरमा मानवअधिकारवादी संस्था एड्भोकेसी फोरमले उनलाई न्याय दिलाउन सरकारसमक्ष आग्रह गरेको छ ।
उक्त अवसरमा प्रकाशन गरेको प्रेस विज्ञप्तिको पूर्णपाठ यसप्रकार छ :
२०७६ असार ५ गते लालबन्दी नगरपालिकाको वडा नं. १ स्थित लखनदेही जंगलमा नेपाल प्रहरीका अधिकृतहरूले उनलाई नियन्त्रणमा लिएपछि हत्या गरिएको थियो । पौडेलको हत्याका विषयमा तत्काल तथा स्वतन्त्र अनुसन्धान गर्नुपर्ने आफ्नो मागलाई एड्भोकेसी फोरम&ndash...