कांग्रेस महाधिवेशन रोक्न दायर भएको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा तोकिएको छ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया गत शुक्रबारदेखि सुरु  भइसकेको छ।  आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन हुने भए पनि शुक्रबार वडा तहबाट अधिवेशन सुरु भएको हो।कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका हुन्।