‘सार्क सिध्याउने’ मोदीको योजनामा भुटान किन बाधक बन्यो ?

२०७२ जेठ अन्तिम साता भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेश पुगेका थिए । सीमा र पानी वितरणलाई लिएर द्विदेशीय सम्बन्धमा निकै अघिदेखि कचपच छँदै थियो । अधिकांश छिमेकी मुलुकसँग सीमा विवाद निम्त्याएको भारतले बंगलादेशबाट पनि सो व्यवहारप्रति चरम विरोध खेपिरहेको थियो ।बंगलादेश भ्रमणक्रममा मोदीले जमिन साटासाट गरी सीमा विवाद सल्ट्याउने लगायत २२ बूँदे सम्झौता गरे । बंगलादेशलाई २० करोड अमेरिकी डलर अनुदान सहायता र २ अर्ब डलरबराबर सहुलियतपूर्ण ऋण दिने घोषणा पनि गरे । मोदीले बंगलादेशी प्रधानमन्त्री शेख हस