भूकम्पबाट ज्यान गुमाएका परिवारलाई नगद सहयोग

रुकुम – रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका मृतकका परिवारलाई आजदेखि नगद राहत वितरण सुरु गरिएको छ । सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिका–१४ मा राहत स्वरुप मृतकका परिवारलाई नगत हस्तान्तरण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरीप्रशाद पन्तले भूकम्पबाट ज्यान गुमाएका मृतकका परिवारलाई नगत हस्तान्तरण गरे। सानीभेरी गाउँपालिका–१ का […]

सम्बन्धित सामग्री

पीडितद्वारा नगद बाँड्न आग्रह

२०७१ साल साउन १७ गते जुरे पहिरोबाट जनधन गुमाएका पीडितहरूले जनस्तरबाट आफ्नो नाममा जुटेको दुई करोड २४ लाख रुपियाँ बाँड्न सरकारसँग आग्रह गरेका छन्। १४५ जनाको ज्यान गएको उक्त पहिरोमा दुई सयभन्दा बढी घर र हजारौँ रोपनी जग्गा पहिरोले बगाएको थियो। पीडितका नाममा जनस्तरबाट सहयोग रकम जम्मा भएको थियो। तत्कालीन जिल्ला दैवी प्रकोप उद्धार समितिले जुरे पहिरो पीडितको नाममा जुटेको नगद सहयोग एकद्वार प्रणालीमार्फत वितरण गर्ने भन्दै समितिको खातामा सहयोग रकम राखिएको थियो। तर उक्त रकम आठ वर्ष बित्दासमेत जुरे पहिरो पीडितले पाउन सकेका छैनन्।

जनयुद्धका १२ शहीद परिवारलाई जनही १ लाख सहयोग

१९ फागुन, सप्तरी । मधेश सरकारले माओवादी जनयुद्धमा ज्यान गुमाएका सप्तरीका १२ जनाको परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग गरेको छ । बिहीबार राजविराजमा आयोजित कार्यक्रममा सप्तरी जिल्लाका १२ जना शहीद परिवारलाई सम्मान गर्दै नगद सहयोग गरेको हो । मधेशी शहीद प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्षसमेत रहेका आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहले […]

सीमामा भोकले ज्यान गुमाएका वीरेन्द्रका परिवारलाई प्रदेश सरकारको ५ लाख सहयोग

धनुषा : कोरोना महामारी चलेपछि भारतबाट फर्किने क्रममा सीमा नाकामै ज्यान गुमाएका वीरेन्द्र गुरमैता यादवका परिवारलाई प्रदेश २ सरकारले पाँच लाख रुपैयाँ नगद सहयोग गरेको छ।  धनुषाको शहीदनगर नगरपालिका-९, गोठ कोयलपुरस्थित घरमै पुगेर मुख्यमन्त्री लालबाबु राउतले मृतक वीरेन्द्रका श्रीमती सविता याद...