कोरोना प्रभावित उद्योग व्यवसायलाई साउनबाटै राहत दिने सरकारको तयारी !

सरकारले कोरोनाको मारमा परेका उद्योग व्यवसायलाई पुनर्जीवन दिन साउनबाटै राहत तथा सहुलियत दिने तयारी गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेख भएको राहत तथा सहुलियत साउन लाग्ने वित्तिकै दिने गरी आफूहरूले तयारी गरिरहेको बताएका छन् । चालू आर्थिक वर्षको असार मसान्तसम्म सबै काम सकेर नयाँ आर्थिक वर्ष लाग्ने वित्तिकै अर्थतन्त्र पुनरुत्थानका कार्यक्रम प्रिचालन गरिने मन्त्री पौडेलले बताए । कोरोनाका कारण कैयौँ उद्योगधन्दा धराशायी अवस्थामा पुगेको उद्योगी व्यवसायीले गुनासो गर्दै आएका छन् ।