चुनावका लागि ७ लाख मतदाताले उपत्यका छाड्दै, ५० प्रतिशत सवारी थपियो

आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन, २०७९ का लागि ७ लाख बढी मतदाताहरूले उपत्यका छाड्ने भएका छन् । निर्वाचनमा भोट हाल्नकै लागि विभिन्न जिल्ला तथा क्षेत्रबाट काठमाडौं आएका मतदाताहरू आ–आफ्नै क्षेत्रमा फर्किने भएका हुन् ।यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार शुक्रबारसम्ममा करिब ६ लाख यात्रुहरूले उपत्यका छाडेका छन् । दशैं–तिहार लगत्तै निर्वाचनको चहलपहल सुरु भएपनि कात्तिक २५ गतेदेखि मतदाताहरूले उपत्यका छाड्न थालेकोमा मंसिर ३ गतेसम्म यस्तो संख्या ७ लाख पुग्ने देखिएको याताया