१० हजार नागरिकता वितरण

सल्यान : जिल्ला प्रशासन कार्यालय सल्यानबाट आर्थिक वर्ष २०७८/०७९ मा ७ हजार ३ सय ६३ जनाले नयाँ नागरिकता र ३ हजार ४ सय २० जनाले नागरिकताको प्रतिलिपि लिएका छन्।यस्तै २०७८ साल फागुन मसान्तसम्म १ हजार ९ सय ६५ जनाले राहदानी सिफारिस लिएका र २ सय २७ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको खड्काको भनाई छ।कार्यालयले १ करोड १७ लाख ६० हजार २ सय ७० रुपैयाँ राजस्व संकलन गरेको छ।राहदानीबाट १ करोड १४ लाख १ हजार, प्रशासनिक दण्ड जरिवानामार्फत २ लाख ४८ हजार, हातहतियार नवीकरणबाट ६० हजार

सम्बन्धित सामग्री

जिल्ला प्रशासन कार्यालय चितवन : २६ हजारभन्दा बढीले लिए नागरिकता

चितवन । जिल्ला प्रशासन कार्यालय, चितवनबाट गत आर्थिक वर्ष २०७७/७८ मा २६ हजारभन्दा बढीले नागरिकता लिएका छन् । कार्यालयका अनुसार सो अवधिमा वंशजको आधारमा, प्रतिलिपि र  वैवाहिक अंगीकृत गरी २६ हजार ३४४ जनाले नागरिकता लिएका हुन् । वंशजको आधारमा १३ हजार १८, प्रतिलिपि १३ हजार ३०६ र वैवाहिक अंगीकृत २० ओटा नागरिकता वितरण भएको कार्यालयले बताएको छ । कार्यालयले अघिल्लो आव २०७६/७७ मा सबै प्रकृतिका नागरिकता गरी १४ हजार ९४६ जनालाई नागरिकता वितरण गरेको थियो भने आव २०७५/७६ मा २२ हजार ७६७ जनालाई नागरिकता वितरण गरेको तथ्यांक छ । हालसम्म कार्यालयमा १५ हजार ६९६ पुरानो नागरिकता अभिलेखीकरण भएको छ । कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले कोरोनाका कारण नागरिकता वितरणमा समेत असर परेको बताए ।  पटक पटकको निषेधाज्ञा र लकडाउनको कारण कार्यालयका अत्यावश्यक बाहेक अन्य सेवा बन्द रहेकाले नागरिकता वितरण प्रभावित भएको उनको भनाइ छ । निषेधाज्ञा खुकुलो भएसँगै पछिल्ला दिनहरूमा नागरिकता लिनेको चाप बढ्दै गएको उनले जानकारी दिए । कार्यालयका अनुसार नागरिकतासँगै राहदानी वितरणमा पनि कमी आएको छ । कार्यालयको तथ्यांक अनुसार गत आवमा ९ हजार ५२८ जनाले राहदानी लिएका छन् । अघिल्लो आवमा ९ हजार ९०६ जना र आव २०७५/७६ मा १२ हजार ५६७ जनाले राहदानी  लिएका थिए । कार्यालयले गत आवमा ८ हजार ४७५, अघिल्लो आवमा १० हजार ३६५ र आव २०७५/७६ मा १३ हजार ४६७ ओटा राहदानीको साधारण सिफारिश गरेको थियो । यस्तै गत आवमा १ हजार १९, अघिल्लो आवमा २ हजार ५४ र आव २०७५/७६ मा ३ हजार ४५ ओटा द्रुत राहदानी सिफारिश गरेको थियो । सूचना अधिकारी पौडेलले कोरोनाका कारण अन्तरराष्ट्रिय उडान बन्द हुनुका साथै विदेश जानेको संख्यामा निकै कमी आएकाले राहदानी वितरण घटेको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय चितवनबाट २६ हजार बढीले लिए नागरिकता

साउन १३, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनबाट गत आर्थिक वर्ष ०७७/०७८ मा २६ हजार बढीले नागरिकता लिएका छन् । कार्यालयका अनुसार सो अवधिमा वंशजको आधारमा नागरिकता वितरण, प्रतिलिपि नागरिकता र वैवाहिक अंगीकृत नागरिकता वितरण गरी २६ हजार ३४४ जनाले नागरिकता लिएका हुन् ।  जसअनुसार उक्त आवमा १३ हजार १८ वंशजको आधारमा, १३ हजार ३०६ प्रतिलिपि नागरिकता वितरण र २० ओटा वैवाहिक अंगीकृत नागरिकता वितरण गरेको थियो ।  कार्यालयले अघिल्लो आव ०७६/०७७ मा सबै प्रकृतिका नागरिकता गरी १४ हजार ९४६ जनालाई नागरिकता वितरण गरेको थियो भने आव ०७५/०७६ मा २२ हजार ७६७ जनालाई नागरिकता वितरण गरेको तथ्यांक छ । हालसम्म कार्यालयमा १५ हजार ६९६ पुरानो नागरिकता अभिलेखिकरण भएको छ ।  कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले कोरोनाका कारण नागरिकता वितरणमा समेत असर परेको बताए । पटक पटकको निषेधाज्ञा र लकडाउनको कारण कार्यालयका अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द रहेकोले नागरिकता वितरण कार्य प्रभावित भएको उनको भनाइ थियो ।  निषेधाज्ञा खुकुलो भएसँगै पछिल्ला दिनहरुमा नागरिकता लिनेको चाप बढ्दै गएको उनले जानकारी दिए ।  राहदानी वितरणमा भारी गिरावट  नागरिकता वितरणसंँगै राहदानी वितरणमा पनि भारी गिरावट आएको छ । कार्यालयले दिएको तथ्यांक अनुसार गत आवमा ९ हजार ५२८ जनाले राहदानी लिएका छन् ।  यस्तै, अघिल्लो आवमा ९ हजार ९०६ जनाले र आव ०७५/ ०७६ मा १२ हजार ५६७ जनाले राहदानी लिएका थिए । कार्यालयले गत आवमा ८ हजार ४७५ ओटा, अघिल्लो आवमा १० हजार ३६५ ओटा र आव ०७५/०७६ मा १३ हजार ४६७ ओटा राहदानीको साधारण सिफारीश गरेको थियो भने गत आवमा १ हजार १९, अघिल्लो आवमा २ हजार ५४ र आव ०७५/०७६ मा ३हजार ४५ ओटा द्रुत राहदानी सिफारीश गरेको थियो । कार्यालयमा राजस्व तिरिसकेका मध्ये हालसम्म ७ हजार २०६ जनाले राहदानी लिन आउन बाँकी रहेको छ । सूचना अधिकारी पौडेलले कोरोनाका कारण अन्तरराष्ट्रिय उडान बन्द हुनुका साथै विदेश जानेको संख्यामा निकै कमी आएकोले राहदानी वितरणमा गिरावट आएको जानकारी दिए । ‘कोरोनाले वैदेशिक रोजगार एवम् शिक्षामा जाने पनि बन्द भयो, उनले भने, अन्तरराष्ट्रिय उडानहरु पनि नियमित चलेनन् ।’