आर्मी क्लबको पाँचौ जित

नेपाल पुलिसलाई ३–१ को सेटमा हराउँदै आर्मी क्लबले छैठौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको पुरुषतर्फ पाँचौं जित निकालेको छ ।त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा आर्मीले पहिलो सेट गुमाएपनि बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्दै पुलिसमाथि जित निकालेको हो । आर्मीले पुलिसमाथि १७–२५,२५–२०,३०–२८ र २५–२३ को सेटमा जित निकालेको हो । […]