बतास समूहमा संलग्न नभएको आरजु देउवाको दाबी

कांग्रेस नेतृ एवम् प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले सञ्चार माध्यमहरूमा आफ्नो संलग्नताबारे आएका समाचार गलत भएको दाबी गरेकी छन् । व्यावसायिक घराना बतास समूहसँग राणाको नाम जोडिएर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि राणाले सामाजिक सञ्जालमार्फत आफू संलग्न भएका छ वटा संस्थाहरूको विवरण प्रस्तुत गर्दै अन्य संस्थाहरूसँग आफ्नो संलग्नता नरहेको दाबी गरेकी छिन् ।