फोटोमा हेर्नुहोस् भृकुटीमण्डपमा रोटीको प्रदर्शनी

६ कात्तिक, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा पाँचौ राष्ट्रिय रोटी मेला आयोजना गरिएको छ । तिहारको अवसरमा बुधबार आयोजना गरिएको रोटी मेलामा विभिन्न जातजातिहरुको पर्वमा प्रयोग हुने रोटी तथा मिठाइका परिकारहरु प्रदर्शनमा राखिएका छन् । प्रदर्शनीमा सेलरोटी, फिनीरोटी, अरसा रोटी, थारु रोटी लगायतका परिकारहरु राखिएका छन् ।

सम्बन्धित सामग्री

२१ तस्वीरमा हेर्नुहोस् 'क्यानभासमा जिरी'

पर्यटकीय स्थल जिरीको सौन्दर्य प्रचार गर्ने उद्देश्यले काठमाडौंमा चित्रकला प्रदर्शनी भइरहेको छ । बानेश्वरस्थित उमोजा क्याफेमा 'क्यानभासमा जिरी' चित्रकला प्रदर्शनी शुक्रबारदेखि सुरु भएको हो ।

प्रदर्शनी हल सिंगार गर्दै गाडी बिक्रेता, हेर्नुहोस् ११ तस्बिर

काठमाडौं । दुई दिनपछि सुरु हुने नाडा अटो शो २०२३ मा आफ्ना उत्पादन राम्रोसँग प्रदर्शनी गर्न विभिन्न कम्पनीले स्टल निर्माणलाई तिब्रता दिएका छन् । हरेक ब्राण्डले आफ्नो स्टाल बनाउँन सधै तिब्र प्रतिस्पर्धा गर्ने गरेका छन् । आगामी मंगलबारबाट आयोजना हुने पन्ध्रौं संस्करणको अटो शोमा धेरै मानिसको चासो देखिन्छ । विशेषगरी नयाँ आउने प्रोडक्टर र भएका […]

तस्बिरमा हेर्नुहोस् नेपाली सेनाको फोटो तथा युनिट प्रदर्शनी

काठमाडौँ – २६० औँ सैनिक दिवसको अवसरमा नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ। भद्रकालीस्थित जंगीअड्डामा आयोजित फोटो तथा युनिट विशेष प्रदर्शनी शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे। सैनिकको विभिन्न युनिटहरुले आफ्ना हतियार, बख्तरबन्द सवारीसाधन र उद्दारमा प्रयोग हुने सामग्री प्रदर्शन गरेका छन्। चार दिनसम्म सर्वसाधारणले समेत सो प्रदर्शनी अवलोकन गर्न सक्नेछन्। […]

ललितपुर महानगरपािलकाद्वारा फोटो प्रदर्शनी (तस्बिरहरु)

ललितपुर महानगरपालिकाले आफ्नो १०४ औं स्थापना दिवसको अवसरमा फोटो प्रदर्शनी कार्यक्रमको आयोजना गरेको छ । महानगरपालिकाले पाटन दरबार स्क्वायरमा एकदिने फोटो प्रदर्शनीको आयोजना गरेको हो । शुक्रबार महानगर प्रमुख चिरिबाबु महर्जनले कार्यक्रमको उद्घाटन गरेका छन् ।हेर्नुहोस् तस्बिरहरु :

प्रहरीले यसरी मनायो कुकुर तिहार, तस्बिरहरू हेर्नुहोस्

तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।यता नेपाल प्रहरीको केनाइन महाशाखामा कुकुर तिहारको अवसरमा कुकुरलाई पूजा गरिएको छ । कुकुरलाई तालिम दिएर अपराध अनुसन्धानमा अब्बल बनाउने केनाइन महाशाखामा कुकुरहरुले कला प्रदर्शनी

हिसान शैक्षिक प्रदर्शनी सुरु, तस्बिरमा हेर्नुहोस्

हिसान शैक्षिक प्रदर्शनी सुरु भएको छ । शुक्रबारदेखि काठमाडौंस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा सुरु भएको हो । हिसानका अनुसार एसईईपछि कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको हो । मेलामा विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई शिक्षण संस्था, विषय, पठनपाठन पद्धति छनोट, भर्ना मापदण्डलगायतका विषयमा जानकारी दिइने आयोजकले जनाएको छ ।

भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी

भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शन गरिएको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आइतबारबाट भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी ‘निसाना’ सुरु गरिएको छ । तीन दिन चल्ने प्रदर्शनीको सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका हुन् । उनले भ्रष्टाचार नियन्त्रणमा आफूले सहयोग गर्ने बताए । कार्टुनिष्ट क्लब अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा विभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन प्रदर्शन गरिएको छ ।

नेपालमा भारतविरोधी प्रदर्शन जारी, तस्बिरमा हेर्नुहोस्

जयसिंह धामीको हत्या प्रकरणदेखि नेपाली आकाशमा भारतीय हेलिकप्टर प्रवेशको विषयलाई लिएर नेपालमा भारतप्रति आक्रोश देखिएको छ । यतिबेला राजधानी काठमाडौँमा दिनहुँ भारतविरोधी प्रदर्शनहरू भइरहेका छन् । शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला नै दहन गरिएको थियो भने शनिबार पनि भारतविरोधी प्रदर्शनले निरन्तरता पाएको छ । अखिल (क्रान्तिकारी) र युवा संगठन नेपालले काठमाडौँको प्रदर्शनी मार्गमा नेपाली सीमा क्षेत्रमा भारतीय हेलिकप्टरको हवाई गस्ती, भारतीय विदेश मन्त्रालयका प्रवक्ताको नेपालप्रत

काठमाडौँमा जलाइयो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला, तस्बिरमा हेर्नुहोस्

विपक्षी पाँच दलको गठबन्धननिकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदम चालेको भन्दै विद्यार्थी संगठनहरु यतिबेला सडक प्रदर्शनमा उत्रिएका छन् । आन्दोलनको कार्यक्रमअनुरुप उनीहरुले देशभर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्नुका साथै विरोध प्रदर्शन गरिरहेका छन् । बिहीबार काठमाडौँको प्रदर्शनी मार्गमा विद्यार्थीहरुले पुत्ला गरेका हुन् । प्रदर्शनमा प्रहरी