सिन्धुलीमा प्रेस सञ्चालकको शंकास्पद मृत्यु

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा अफसेट प्रेस चलाउँदै आएका पुष्पराज देवकोटाको शंकास्पद मृत्यु भएको छ । पुष्पदिप अफसेट प्रेसका सञ्चालक तथा मजदुर पुष्पराज देवकोटाको माओवादी कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको उनका परिवारले दावी गरेका छन् ।२०७४ सालको स्थानीय तह निर्वाचनमा प्रचार सामग्री छापेको बक्यौता रकम लिन देवकोटा बुधवार माओवादी केन्द्रको पार्टी कार्यालयमा पुगेका थिए । त्यहाँ उनीमाथि आक्रमण भएको परिवारको आरोप छ । मृतकका छोरा बिवेकराज देवकोटाले माओवादी कार्यकर्ताविरुद्ध  जिल्ला प्रहरी कार्या