विकास खर्चमा सहरी विकास मन्त्रालय कमजोर देखिएको छ । आर्थिक वर्ष ०७९/८० मा मन्त्रालयअन्तर्गतका ठूला आयोजनामा विकास खर्च कम भएको हो । आर्थिक वर्ष ०७८/७९ मा ६९.९३ प्रतिशत पुँजीगत खर्च गरेको मन्त्रालयले गत आर्थिक वर्षमा ५७.७६ प्रतिशत मात्र खर्चिएको छ । विकासे मन्त्रालयका रूपमा रहेको सहरीले गत आर्थिक वर्षमा पुँजीगततर्फ ५६ अर्ब ३२ करोड ३५ लाख रुपैयाँ बजेट पाएको थियो । यसमध्ये ३२ अर्ब ५३ करोड ११ लाख रुपैयाँ खर्चिएको छ । बढी बजेट पाउने मन्त्रालयअन्तर्गतका आयोजनाले नै विकास खर्च गर्न सकेका छैनन् ।