देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्।बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन्। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षा जन्य दुर्घटनामा परेर हालसम्म एक हजार ३३ जनाको मृत्यु भएको छ भने एक हजार पाँच सय २७ जना घाइते भएका छन्।पछिल्लो २४ घण्टामा एक सय १९ जनाको ज्यान गएको तथा ७१ जना घाइते भएका छन्। बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढीपहिराबाट