वैशाख वा जेठमा संसदीय चुनाव गर्ने प्रचण्डकाे प्रस्ताव : प्रतिनिधिसभा विघटनकै बाटोमा !

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनभन्दा पहिले वैशाख वा जेठमा संसदीय निर्वाचन गर्न प्रस्ताव गरेपछि पाँच दलीय सत्ता गठबन्धनमा नयाँ बहस सुरु भएको छ। स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न निर्वाचन आयोगले दबाव दिइरहेका वेला प्रचण्डले वैशाख वा जेठमै संसदीय चुनाव गर्ने प्रस्ताव अघि सारेपछि गठबन्धनमै फरक मत देखिएको हाे। प्रचण्डको प्रस्तावमा गठबन्धनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका नेताहरूकै मत विभाजित भएको छ।&