सीमावर्ती भारतीय बजार बैरगनिया जान परिचयपत्र अनिवार्य

रौतहट : जिल्लाको गौर बैरगनिया नाका हुँदै भारत जान भारतीय सुरक्षाकर्मीले परिचयपत्र अनिवार्य गरेको छ। सुरक्षाको मध्यनजर राख्दै नेपाल-भारत सीमाक्षेत्र भएर नेपाली वा भारतीयले ओहोरदोहोर गर्न अनिवार्य रुपमा परिचय पत्र लिएर हिँड्नुपर्ने भएको छ।नेपाल-भारत सीमामा तैनाथ भारतीय सुरक्षाकर्मी (एसएसबी) ले ओहोरदोहोर गर्ने नेपाली र भारतीयहरुलाई अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने कागजात हेरेर जान दिइरहेको रौतहटको सीमा क्षेत्रका बासिन्दाले बताएका छन्। पहिलाजस्तो बिना परिचयपत्र सहजै भारत जान अहिले भारतीय सुरक्