रेमिटेन्सलाई आधिकारीक च्यानलबाट ल्याउन पहल गर्नुपर्ने

नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले सबै मिलेर रेमिटेन्सलाई आधिकारीक च्यानलबाट ल्याउन पहल गर्नुपर्ने बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित आईएमई लिमिटेडको २२औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यसचिव बैरागीले निजी क्षेत्र, वैदेशिक रोजगार सम्बन्धित संस्था र सरकारवाला सबैले पहल गरेर रेमिटेन्सलाई आधिकारिक च्यानलबाट ल्याउन पहल गर्नुपर्ने बताएका हुन् । उनले नेपालका लागि रेमिटेन्स बाध्यता भएको बताए […]