बुटवल पावरको नाफा १२.८९ प्रतिशतले बढ्यो

काठमाडौँ- बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कमाएको नाफाको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस अवधिमा २६ करोड ८१ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाइ भएको छ । कम्पनीले गत वर्षको यसै अवधिमा २३ करोड ७५ लाख ८२ हजार रुपैयाँ कमाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कमाई १२.८९ […]

सम्बन्धित सामग्री

४६ प्रतिशतले बढ्यो बुटवल पावरको नाफा, इपिएसमा सुधार

चालु आर्थिक वर्ष ७८/७९ को पहिलो त्रैमासमा बुटवल पावर कम्पनी Butwal Power Company  को खुद नाफा ४६.१९ प्रतिशतले बढेको छ ।आघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड १८ लाख नाफा गरेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा बढेर ७ करोड ५८ लाख पुगेको हो । यस अवधिमा कम्पनीले २० करोड ७६ लाख बराबरको बिजुली बेचेको छ भने अन्य स्रोतबाट ३ करोड ३१ लाख कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १९ करोड ३ लाख बराबरको बिजुली बेचेको थियो । कम्पनीको चुक्ता पुंजी २ अर्ब ९५ करोड रहेको छ भने रिजर्भमा ४ अर्ब १३ करोड रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी १० रुपैयाँ २७ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २४० रुपैयाँ ७ पैसा रहेको छ ।  अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ७३ पैसा थियो भने प्रति शेयर नेट वर्थ २६३ रुपैयाँ ८३ पैसा रहेको थियो ।