काठमाण्डाै – निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि कुनै पनि दल र उम्मेदवारको पक्ष र विपक्षमा गतिविधि नगर्न सरकारी कर्मचारी र शिक्षकहरूलाई निर्देशन दिएको छ ।
निर्वाचन आचारसंहिता २०७९ को अनुगमन गर्दा कतिपय सरकारी कर्मचारी तथा शिक्षक/प्राध्यापकहरूले राजनीतिक दल र उम्मेदवारकाे पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएको भन्दै आयोगले कडा निर्देशन दिएको हो । प्रचारप्रसारमा संलग्न कर्मचारी र शिक्षकहरूले उम्मेदवारसँग तस्बिर खिचाउने, बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारका प्...