पश्चिम तराईका जिल्लामा रासायनिक मलको अभाव

कैलाली - कैलालीलगायत पश्चिम तराईका जिल्लामा गहुँखेतीका लागि रासायनिक मलको अभाव भएकाे छ । मल अभावका कारण समयमै गहुँ छर्न नपाएको किसानले गुनासो गरेका छन् । बेमाैसमी वर्षापछि डुबानमा परेको होचो भागको अधिकांश क्षेत्रको जग्गा भने हिलाम्मे भएका कारण अझै खनजोत गर्न सकिएको छैन । पानी नजमेका अग्लो भागका जग्गामा खनजोत गरेर गहुँ छर्ने तयारीमा रहेका किसानलाई मल अभाव भएको हो । पश्चिम तराईका जिल्लामा यही कात्तिक अन्तिम हप्ताभित्रमा गहुँ छरिसक्नुपर्छ । यस समयभित्र गहुँ नछरेमा उत्पादन राम्रो नहुने किस...

सम्बन्धित सामग्री

स्वस्थ्य बाली उत्पादन गर्न कैलालीमा ‘प्राङ्गारिक मिसन’ कार्यक्रम सञ्चालन हुँदै

वैशाख १३, सुदूरपश्चिम(कैलाली) । स्वस्थ्य बाली उत्पादनका लागि कैलालीमा ‘प्राङ्गारिक मिसन’ कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ ।             विषादी जस्ता रसायन प्रयोग गरेर हुने बालीको उत्पादनलाई न्यूनीकरण गरी स्वस्थ्य बाली उत्पादनमा जोड दिन यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । रासायनिक मल र विषादीको प्रयोग गरेर उत्पादन हुने कृषि उपजको उपभोगले कुनै न कुनै रुपमा मानव स्वास्थ्यमा प्रतिकूल असर पुगिरहेको कृषि प्राविधिकको भनाइ छ । रासायनिक विषादी प्रयोग गरेर खेती गरिने क्षेत्र र रासायनिक विषादी प्रयोग नगरेर गरिने खेती क्षेत्र गरी दुई भागमा यो मिसन कार्यक्रम सञ्चालन गर्न लागिएको कृषि ज्ञान केन्द्र कैलालीले बताएको छ ।             ‘प्राङ्गारिक खेती प्रणालीमा जानुपर्छ भनेर यो मिसन कार्यक्रम गर्न लागिएको हो’, कार्यालय प्रमुख खगेन्द्रप्रसाद शर्माले भने, ‘यो कार्यक्रमले कृषकमा स्वास्थ्य बाली उत्पादन गर्न गराउन सचेतना फैलाउन मद्दत पुग्ने छ ।’  पछिल्ला वर्षमा खेतीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दै जाँदा खेतबारीको माटो पनि बिग्रिन थालेको बताइन्छ । यस्तो अवस्थामा बिग्रिएको माटो सुधार्न र स्वस्थ्य खाद्य पदार्थको उत्पादनका लागि प्राङ्गारिक खेती प्रणाली अपनाउन जरुरी भइसकेको कृषि प्राविधिकको भनाइ छ ।             जैविक मल प्रयोग गरेर गरिने खेतीलाई प्राङ्गारिक खेती प्रणाली भनिन्छ । यो खेती प्रणाली अपनाउँदा मानिसलाई स्वस्थ्य खाद्यान्न प्राप्त हुने मात्र नभई पर्यावरणीय सामाजिक र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने गरेको बताइन्छ ।  विविध हावापानी पाइने नेपालमा यो खेतीको प्रशस्त सम्भावना छ । रासायनिक मल र विषादीलाई पूर्ण रुपमा विस्थापित गर्न भने चुनौती देखिएको बताइएको छ  प्राङ्गारिक खेती गर्दा ऊर्जाको संरक्षण हुने, समयअनुसार ऊर्जाको आवश्यकता घट्दै जाने, स्वस्थ्यकर खाद्यान्न उत्पादन हुने, वातावरण र जीवजन्तुको इकोसिस्टम (चक्रीय प्रणाली) लाई सही बाटोमा ल्याउने लगायत फाइदा देखिन्छन् ।      विषादीको प्रयोग बढ्दै जाँदा बाजारमा स्वस्थ्य र खानयोग्य फलफूल, ताजा तरकारीलगायत खाद्य वस्तु पछिल्ला दशकमा पाउन मुश्किल भइसकेको कृषि प्राविधिकको भनाइ छ । उपभोक्ताले जानीनजानी यस्ता खाद्य पदार्थको उपभोग गर्ने गरेका छन् ।             पहाडी क्षेत्रका कतिपय जिल्लामा रासायनिक मलको सट्टा जैविक मल प्रयोग गरेर विभिन्न बालीको खेती भइरहेको भए पनि अन्न भण्डारका रुपमा चिनिने तराईका जिल्लामा रासायनिक मल र विषादी प्रयोग बढ्दै गएको देखिन्छ । खेती गर्दा प्रयोग गरिने रासायनिक मल र विषादीको बढ्दो प्रयोगले माटो, हावा, खोलानाला, वातावरणमा प्रतिकूल असर पुग्ने मात्र नभई बालीका लागि आवश्यक पर्ने मित्रुजीव पनि नष्ट हुँदै गएको बताइन्छ ।             कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशी विषादी जस्ता रसायन प्रयोग गरेर उत्पादन भएको खाद्यान्नको उपभोगले मानव जीवन नै सङ्कटमा पर्ने जोखिम बढ्दै गएको बताउँछन्। एक तथ्याँक अनुसार खेतीमा विषादी प्रयोग गर्ने गरिएकै कारण वर्षेनी विश्वमा १० औं लाख व्यक्ति प्रभावित भइरहेका छन् । रासस