सिभिल बैंकका अध्यक्ष पक्राउ

प्रहरीले सिभिल बैंकका अध्यक्ष इच्छाराम तामाङलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले उनलाई तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा बचतकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो । निक्षेपकर्ताको करिब ४४ करोड रकम हिनामिना गरेको आरोप उनीमाथि छ । सोमबार राजधानीको सुन्धाराबाट पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको सीआईबी स्रोतले जनाएको छ ।

सम्बन्धित सामग्री

सिभिल बैंकको अध्यक्षमा प्रतापजंग पाण्डे चयन

सिभिल बैंक Civil Bank Limited  को अध्यक्षमा प्रतापजंग पाण्डे चयन भएका छन् । आज बुधबार बसेको बैंकको संचालक समितिको बैठकले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । बैंकका अध्यक्ष इच्छाराज तामांङ पक्राउ परेपछि पाण्डे अध्यक्ष चयन भएका हुन्। अध्यक्ष बन्नको लागि  अमिर बोगटी र प्रताप जंग पाण्डेबीच  प्रतिस्पर्धा तिब्र देखिएकोमा पाण्डे अध्यक्ष चयन भएका हुन् । त्यसो त सिभिल बैंकमा व्यक्तिगत रुपमा पाण्डेको नै सबै भन्दा बढी सेयर स्वामित्व रहेको छ। बैंकमा उनको करिब ४ प्रतिशत सेयर स्वामित्व रहेको छ भने अध्यक्ष इच्छाराज तामांगको ३.८ प्रतिशत शेयर रहेको छ। पाण्डेलाई अरु प्रमोटर डम्बर बहादुर मल्ल र अन्जन शाहले सघाउदा सहजै अध्यक्ष बनेका हुन्। मल्लको साढे तिन र शाहको साढे तिन गरि ७ प्रतिशत सेयर स्वामित्व रहेको छ। पाण्डे सिभिल बैंकले प्राप्ति गरेको आइएलएफसी फाइनान्सबाट आएका हुन्।पाण्डेसंगै सिभिल बैंकको अबको अध्यक्षमा अमिर बोगटीको पनि दाबि रहेको थियो । बोगटीको सेयर १ प्रतिशत भन्दा कम नै रहेपनि तामांङ यस अगाडी सांसद हुँदा बोगटीलाई अध्यक्ष बनाईएकाले अहिलेपनि उनी अध्यक्ष हुने सम्भावना उत्तिकै बलियो रहेको थियो । तर बिगतमा तामाङले इच्छाएका व्यक्तिको रुपमा बोगटीलाई लिईएको र अहिलेपनि उनको प्रतिनिधिको रुपमा हेरिने भएकाले बोगट अध्यक्ष बन्दा बैंकको ब्राण्डसँग इच्छाराज जोडिन सक्ने भएकाले अध्यक्षमा उनलाई चयन गर्न नहुने आवाज बैंकभित्र बलियो बनेको थियो।सिभिल सेभिङ एण्ड को–अपरेटिभको अर्बौं रुपैयाँ हिनामिना तथा ठगी गरेको अभियोगमा तामांङ पक्राउ परेकाले त्यसको असर बैंकमा नदेखियोस् भन्नका लागि पनि अध्यक्षमा तामाङको विकल्प खोजिएको बैंक स्रोतले जनाएको छ।  कान्छो बाणिज्य बैंकको रुपमा संचालनमा आएर पनि धेरै सूचकमा राम्रो हुँदाहुँदै पनि इच्छाराजको 'इमेज' ले सिभिल बैंकको ब्राण्डमा धक्का लागेकोले अध्यक्ष परिवर्तन गरिएको एक संचालकले बताए। उनले भने 'व्यक्तिगत रुपमा हामीहरुको कुनै रिसिभी छैन, उहाँ (इच्छाराज तामाङ)  राम्रो मान्छे हुनुहुन्छ तर सिभिल सहकारी र सिभिल होम्सका कारण उहाँको इमेजमा धक्का लागेको छ, अहिले पक्राउ परेपछि झनै ठुलो धक्का लागेको छ, अहिलेको नेगेटिभ असर बैंकमा देखिनु हुदैन, त्यसैले पनि उहाँको विकल्प खोजिएको हो।'सिभिल बैंकमा संस्थागत रुपमा कर्मचारी संचय कोषको सबै भन्दा धेरै स्वामित्व रहेपनि संचालक समितिमा संचय कोषको प्रतिनिधि नभएकाले अहिले भएकैबाट अध्यक्ष चयन गरिएको हो।

इच्छाराज तामांङबिरुद्दको मुद्दाले लियो फरक मोड, थप १८ दिन थुनामा

ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामांगबिरुद्द संगठित अपराध ऐन अन्तर्गत अनुसन्धान थालिएको छ। यस अगाडी सिभिल सहकारीको निक्षेपकर्ताको उजुरीको आधारमा पक्राउ परि अनुसन्धान भईरहेकोमा अब तामाङलाई संगठित अपराध ऐन आकर्षित गरि अनुसन्धान थालिएको हो।केन्द्रिय अनुसन्धान ब्युरोका अनुसार बिहीबार तामाङसहित पक्राउ परेका १२ जनालाई संगठित अपराध ऐन अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिइएको छ।   संगठित अपराध ऐन आकर्षित भएकाले तामाङलाई अदालतले १८ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताएका छन्। उनकाअनुसार संगठित अपराध अन्तर्गत ६० दिन थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउँछ। बिहीबार तामाङसहित पक्राउ परेका १२ जनालाई संगठित अपराध ऐन अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिइएको छ। यो पनि: - सिभिल सहकारीबाट पैसा लिएको पुष्टि भए सबै सम्पती राज्यलाई सुम्पिन्छु: पूर्व महान्यायाधिवक्ता खरेल- इच्छाराजको दाग मेटाउने तयारीमा सिभिल बैंक, अध्यक्षको लागि पाण्डे र बोगटीबीच प्रतिस्पर्धातीन वा त्योभन्दा बढी व्यक्तिहरू संलग्न भएर हुने आर्थिक अपराधलाई संगठित अपराध ऐन आकर्षित गरेर अनुसन्धान गरिने गरिएको छ। हालसम्म तामाङसहित १२ जनाविरूद्ध ११२६ जनाले जाहेरी दिएका छन्। हालसम्म उनीहरूविरूद्ध चार अर्ब ६१ करोड २५ लाख ३४ हजार ८८७ रूपैयाँ बिगो तयार भएको महतोले जानकारी दिए।कात्तिक ४ गते बिहिबार मात्रै थप ४३ जना पिडित सम्पर्कमा आएको महतोले जनाएका छन्।  मुलुकी फौजदारी अपराध संहिता अनुसार ठगी कसुर पुष्टि भए अभियोगीलाई सात वर्षसम्म कैद, जरिवाना र बिगो असुल गरिने प्रावधान छ। तर, संगठित अपराधमा भने ठगी कसुरको डेढ गुणा सजाय हुने प्रावधान छ।सिभिल सेभिङ एण्ड को–अपरेटिभको अर्बौं रुपैयाँ हिनामिना तथा ठगी गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले गत असोज १८ गते तामाङ सहित १२ जनालाई पक्राउ गरेको हो। ठगि आरोपमा पक्राउ परेका तामाङसहितलाई सुरुमा अनुसन्धानका लागि ५ दिन हिरासतमा राखिएको थियो। तर अब भने यो अवधि लम्बिने पक्कापक्कि जस्तै भएको छ।

ओलीनिकट इच्छाराज देउवाको सरकारमा पक्राउ परे

काठमाडौं- बैङ्किङ  कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले पूर्व सांसद इच्छाराज तामाङलाई पक्राउ गरेको छ। सीआईबीको टोलीले तामाङसहित १२ जनालाई सोमबार पक्राउ गरेको हो। दोस्रो संविधान सभा निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट सांसद भएका थिए। इच्छाराज, पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्। सिभिल बैंक तथा सिभिल ग्रुपका अध्यक्ष रहेका इच्छाराजविरुद्ध पहिल्यै उजुरी […]