मोरङ ३ बाट रेखा थापाको नाम सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टीले रेखा थापालाई मोरङ ३ नम्बर क्षेत्रबाट उम्मेदवार बनाउन सिफारिस गरेको छ । राप्रपा नेतृ तथा नायिका थापाको गृहनगर सोही क्षेत्रको सुन्दरहरैंचा हो । राप्रपाका मोरङका अध्यक्ष माधव आचार्यले थापाको नाम स्थानीय पार्टी कमिटीले प्रत्यक्ष निर्वाचनका लागि सिफारिस गरेको जानकारी दिए । उक्त क्षेत्रबाट नेपाली काँग्रेसका सुनिल शर्मा र एमालेबाट भानुभक्त ढकाल लड्ने सम्भावना छ । थापासँगै सोही क्षेत्रबाट राप्रपाबाट अम्बिकाप्रसाद अधिकारीको पनि नाम सिफारिस भएको छ । यस्तै मोरङको क्

सम्बन्धित सामग्री

चुनावी मैदानमा रेखा : यस्ता छन् उनले स्थानीयसँग गरेका ५ बाचा

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापा उम्मेदवार सिफारिस भएकी छिन्। गृहजिल्ला मोरङ-३ बाट नाम सिफारिस भएसँगै रेखालाई चुनाव लागिसकेको छ। उनी यतिबेला चुनावी तयारीका लागि मोरङमै छिन्। उनले वडा स्तरमा गएर कार्यकर्ता भेट्ने र उनीहरुलाई निर्देशन दिने काम गरिरहेकी छन्।…