काठमाडौं : ५ देखि १२ वर्षसम्मका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरुद्धको खोप कहिले आइपुग्छ भन्ने अझै निश्चित भएको छैन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएअनुसार ५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि खोप ल्याउने प्रक्रिया पहिले नै शुरू गरेको भए पनि खोप कहिले आइपुग्छ निश्चित नभएको बताएको छ।खोप शाखा प्रमुख सागर दाहालले सो उमेरका बालबालिकालाई लगाउने कोरोना विरुद्धको ८४ लाख मात्रा फाइजर खोप ल्याउने भनिए पनि हालसम्म खरिद सम्झौतामा ढिलाइ भएकाले&n