मैथिली भाषामा तयार भयो रामायण

काठमाडौं : नेपालमा पहिलो पटक रामायण मैथिली भाषामा तयार पारिएको छ।पत्रकार एवं साहित्यकार अर्चना झाले 'वाल्मीकि रामायण' र 'रामचरितमानस' रामायणको आधार लिए मैथिली भाषामा रामायण तयार पारेकी हुन्।यस मैथिली गद्यात्मक रामायणमा करिब ६४ हजार शब्द रहेका छन्। यसमा आठ वटा अध्यायहरू छन् जसलाई काण्ड भनिन्छ।नेपाली, हिन्दी, अङ्ग्रेजी, संस्कृतलगायतका भाषामा पढ्न पाइने रामायण अब प्राचीन मिथिलावासीले समेत सरल मैथिली भाषामा पढ्न पाउने भएका छन्।पुस्तकलाई "अर्चनाकृत रामायण" नामकरण गरिएको