रुकुम : रुकुम पश्चिम सल्लेस्थित राप्ती समाज अस्पतालमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ। त्रिवेणी गाउँपालिका–९ का वडा सदस्यसमेत रहेका २७ वर्षीय कमल रावलको सोमबार बिहान अस्पतालमा मृत्यु भएको हो। आफन्तका अनुसार टाउको दुख्ने, जिउ दुख्ने समस्याका कारण रावल उपचारका लागि आफैँ हिँडेर अस्पताल...