दुई ठूला जलविद्युत आयोजनाका लागि ९७ अर्ब वैदेशिक लगानी स्वीकृत

लगानी बोर्डले दुई ठूला जलविद्युत आयोजना निर्माणका लागि ९७ अर्ब रुपैयाँ बराबरको बैदेशिक लगानी (एफडीआई) स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४७ औं बैठकले तमोर र मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाका लागि उक्त लगानी स्वीकृति दिने निर्णय गरेको हो । ७६५ मेगावाटको तमोर र १४० मेगावाटको मनाङ मर्स्याङ्दी दुबै जलविद्युत आयोजना निर्माणका लागि लगानीको स्वीकृति चिनियाँ कम्पनीले पाएका छन् । योसँगै अब यी दुई आयोजनाको कामले गति पाउने भएको छ ।