काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तुको निर्यात चार गुणा बढी

पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयातभन्दा चार गुणा बढी निर्यात बढेको छ । क्वारेन्टिन कार्यालय काँकडभिट्टा तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब १२ करोड ३८ लाख ८९ हजारको कृषिजन्य वस्तु निर्यात भएको छ भने रु एक करोड १९ लाख ७० हजारको आयात भएको देखिन्छ ।आर्थिक वर्ष २०७६/७७ मा रु पाँच अर्ब २६ करोड चार लाख मूल्यको सामग्री निर्यात भएको थियो भने रु दुई अर्ब ९९ करोड चार लाख मूल्य बराबरको सामग्री आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । कोभिड–१९ को सङ्क्रमणकालीन अवस्थामा न