मोरङ – श्रमिकको न्यूनतम पारिश्रमिक सरकारले एकल रुपमा निर्धारण गरेको जनाउँदै नेपाल ट्रेड युनियन कांग्रेसले आपत्ति जनाएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै टे«ड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले एकल ढंगबाट सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय तोकेकोमा आपत्ति जनाए। महासचिव राईले श्रम ऐनको मूल मर्मअनुरुप सरकार, उद्योगी र ट्रेड युनियनकर्मीबीच छलफल र सहमतिपछि […]