धनगढी– सुदूरपश्चिम मनाइने गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले आफ्नो वार्षिक क्यालेन्डर भने गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको थिएन । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले गौराका अवसरमा आज (शुक्रबार) प्रदेशभर बिदा दिने निर्णय गरेको हो ।