कपिलवस्तु ३ मा मतगणना रोकियो,  मत हराएको आरोप

कपिलवस्तु : कपिलवस्तुको क्षेत्र नं. ३ को मतगणना एक घण्टादेखि रोकिएको छ। प्रदेशसभा (क) मा एमालेका अर्जुन केसीले ७ मतले जितेको भनिएपछि लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रविदत्त मिश्रले मतपत्र हराएको भन्दै उजुरी दिएपछि रोकिएको हो।मिश्रले निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै ४५७ मत नमिलेकाले पुनः मतपत्र संख्या र पछिल्लो दुई चरणको मत पुनः गणना गर्नुपर्ने माग राखेका छन्।नेकपामा एमालेका उम्मेदवार अर्जुन केसीले मिश्रभन्दा ७ मत बढी प्राप्त गरेको बताइएको छ तर निर्वाचन कार्यालयले भने आधिकारिक घोषणा गरेक