स्वास्थ्य मन्त्रालयको आग्रह: 'कोभिडको जोखिम कायमै छ, स्वास्थ्य मापदण्ड पालना गर्नुस्'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणको जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ।

सम्बन्धित सामग्री

कोभिडको जोखिम कायमै, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण दर घटे पनि जोखिम कायमै भएकाले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले संक्रमणको जोखिम नटरेको मन्त्रालयको भनाइ छ ।

स्वास्थ्य मापदण्डका साथ पर्यटन सञ्चालन गर्नुपर्छ : डब्ल्यूएचओ

काठमाडौं । कोभिड–१९ ले नराम्ररी प्रभावित मुलुकको पर्यटन क्षेत्रलाई कसरी चलायमान बनाउने भन्नेबारे नेपाल पर्यटन बोर्डले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रतिनिधिसँग छलफल गरेको छ । बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी र डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा. राजेश एस पाण्डवबीच पर्यटन बोर्डमा भएको भेटमा कोभिडबाट नेपालको पर्यटनमा परेको प्रभाव, खोप, पछिल्लो पर्यटनको अवस्था तथा डब्ल्यूएचओको सहयोगका विषयमा छलफल भएको बोर्डले जानकारी दिएको छ । भेटमा डा. पाण्डवले पर्यटकका लागि नेपाल खुला हुनु सुखद भएको बताउँदै स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताए । उनले नेपालको स्वास्थ्य सुरक्षाका लागि विश्व स्वास्थ्य संगठनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामी नेपाललाई गर्नुपर्ने सहयोगका लागि तयार छौं । कोभिडको जोखिम अभैm कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरेर मात्र पर्यटकीय गतिविधि सञ्चालन गर्न आवश्यक छ,’ पाण्डेयको भनाइ उद्धृत गर्दै बोर्डले विज्ञप्तिमार्पmत बताएको छ । पर्यटकीय गतिविधि बढी हुने क्षेत्रमा आकस्मिक एन्टिजेन परीक्षण, स्वास्थ्य जनचेतनाका कार्यक्रमलाई पनि निरन्तरता दिन आग्रह गर्दै यी समग्र कामका लागि पनि डब्ल्यूएचओको सहयोग रहने उनले बताए । बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले नेपालका धेरै पर्यटकीय क्षेत्रमा पूर्ण खोप कार्यक्रम भइसकेको र बाँकी क्षेत्रमा क्रमशः खोप लगाउने कार्यक्रम जारी रहेकाले नेपालमा पर्यटक आउन कुनै समस्या नरहेको जानकारी दिए । उनले पछिल्लोपटक सरकारले ल्याएको नयाँ मापदण्ड पालना गरेर विदेशी पर्यटक नेपाल आउन सक्ने जानकारी दिँदै पर्यटक आगमनका लागि अन्य सहजीकरण गर्न सरकार र पर्यटन बोर्ड सदा तयार रहेको बताए । रासस

पर्यटकका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज असोज १ गतेबाट खुल्ने

कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा सुरु भएसँगै गत वैशाख दोस्रो सातादेखि पर्यटकका लागि बन्द गरिएको बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज असोज एक गतेबाट खुल्ने भएका छन् । सरकारले निर्धारण गरेको सबै स्वास्थ्य मापदण्ड अपनाएर असोज १ गतेबाट पर्यटकलाई दुबै निकुञ्ज अवलोकनका लागि प्रवेशको व्यवस्था गरिएको निकुञ्ज व्यवस्थापनले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार साहले स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटकका लागि निकुञ्ज खुला गरिएको बताउनुभयो । उहाँले बाँकेमा पर्यटकको चाप नहुने हुँदा सूचना नै निकालेर बन्द र खुला नगरिए पनि अहिले कोभिडको जोखिम घट्दै गएकोले पर्यटक आउन थालेको बताउनुभयो ।

‘स्वास्थ्य मापदण्ड पालना नगरे फेरि संक्रमण भयावह बन्‍न सक्छ’

काठमाडौँ : पछिल्लो समय दोस्रो लहरको कोभिड-१९ संक्रमितको संख्या घट्दै गएपछि देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो हुँदै गएको छ । गत वर्षको चैत महिनाको अन्तिम सातादेखि संक्रमण तीव्र रुपमा फैलिएछि मुलुकमा निषेधाज्ञा गरिएको थियो । कोभिडको जोखिम रहँदै आम मानिसको जनजीवन सामान्य बनाउन र मुलुकको अर्थतन्त्र चलायमान गराउन भ…

‘स्वास्थ्य मापदण्ड पालना नगरे फेरि संक्रमण भयावह बन्‍न सक्छ’

काठमाडौँ : पछिल्लो समय दोस्रो लहरको कोभिड-१९ संक्रमितको संख्या घट्दै गएपछि देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो हुँदै गएको छ । गत वर्षको चैत महिनाको अन्तिम सातादेखि संक्रमण तीव्र रुपमा फैलिएछि मुलुकमा निषेधाज्ञा गरिएको थियो । कोभिडको जोखिम रहँदै आम मानिसको जनजीवन सामान्य बनाउन र मुलुकको अर्थतन्त्र चलायमान गराउन भ…