आजको मौसमः देशभर सामान्य देखि पूर्ण बदली

काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको बताएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज प्रदेश–१ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।“पहाडी भू–भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ,” महाशाखाको विज्ञप्तिमा उल्लेख छ।