हरेक श्वासमा निलिरहेका छौं ‘साइलेन्ट किलर’ हावा

छाती रोग विशेषज्ञ डा. राजु पंगेनीका अनुसार वायु प्रदूषण स्वास्थ्यका दृष्टिले खतरनाक अवस्था हो । अर्थात, वायु प्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ । यसले मानव शरीरमा असर नपुर्‍याउने कुनै त्यस्तो अंग छैन ।