कोभिड दोस्रो लहरबाट हुम्लाका सबै गाउँपालिकामा असर

कोभिड–१९ संक्रमणको दोस्रो लहरबाट हुम्लाका ७ वटै गाउँपालिकामा असर गरेको छ । जिल्लाका गाउँपालिकामा पीसीआर र एन्टिजेन विधिबाट १ हजार १५५ जनामा परीक्षण गर्दा हालसम्म १६६ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । सञ्चो हुने ९३ जना, १ जनाको जिल्ला अस्पतालबाट रिफर र १ जनाको मृत्यु भएको जनाइएको छ । कोरोना पोजेटिभ सक्रिय संक्रमित संख्या ७३ छ ।

सम्बन्धित सामग्री

सङ्क्रमणको जोखिम भएपछि हुम्लाका विद्यालय पुनः बन्द हुने

केही दिनअघि हुम्लाको दक्षिणी भेगका तीनवटा गाउँपालिकाले सञ्चालनमा ल्याएका सामुदायिक विद्यालय पुनः बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर नघटेको निष्कर्ष निकाल्दै सञ्चालनमा आएका ती विद्यालय पुनः बन्द गर्ने निर्णय गरेको हो ।जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्न मौखिकरूपमा जानकारी दिइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए । ताँजकोट र अदानचुलीकाका प्रमुख प्रशासकीय अधिकृतल

हुम्लाका शैक्षिक संस्था पुनः बन्द, अन्तरपालिका आवतजावतमा रोक

कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले बिहीबारदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय गरको छ।