स्थानीयले विभिन्न माग राख्दै एक महिनादेखि ठप्प पारेको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माणको काम मंगलबारबाट सुचारु हुने भएको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ सहित स्थानीयहरुको उपस्थितिमा मन्त्रालयमा भएको वार्तापश्चात् सुरुङको काम सुचारु गर्न सहमति भएको हो ।