काठमाडौँ – महजोडीको रूपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ। टेलिकमले मुलुकको हास्यव्यङ्ग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ट पहिचान बनाई महजोडीको रूपमा चिनिएका कलाकारद्वयलाई आगामी एक वर्षको लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो। नेपाल टेलिकम केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता […]