सुदूरपश्चिममा एकै दिन १२९ संक्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा बिहीबार एक सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार दिउँसोसम्म सेती प्रादेशिक अस्पताल धनगढीबाट ६४, जिल्ला अस्पताल डडेल्धुराबाट ४७ र डोटी अस्पतालको प्रयोगशालाबाट १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।