यौन हिंसाको मुद्दामा हदम्याद नराखौँ : मन्त्री रेग्मी

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले घर– घरमा यौन हिंसा भएको बताएकी छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हरेक घरमा महिलामाथि यौन हिंसा हुने गरेको बताइन् ।उनले भनिन्, ‘हिंसाको बारेमा खुलस्त कुरा गर्ने वातावरण नभएर हो, नत्र यहाँ घर–घरमा महिलाहरु हिंसामा परेका छन् ।’ घरभित्रै महिलाहरु यौन हिंसामा परेका छन् उनले भनिन् । यसका लागि कानुन मन्त्रालय लगायत सबै निकायले गम्भिर भएर काम गर्न उनले आग्रहसमेत गरेकी छ