२९ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच अर्थतन्त्रका सूचक र तथ्यांकबारे संसदमा जुहारी चलेको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री कार्कीले केपी शर्मा ओली नेतृत्वको सरकारले बिगारेको अर्थतन्त्रलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले सुधारेको दाबी प्रस्तुत गरेका थिए । देउवा नेतृत्वको सरकारले ६ प्रतिशत माथिको आर्थिक वृद्धिदर भएको अवस्थामा […]